देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार आवश्यक : सांसद गौतम | Khabarhub Khabarhub

देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार आवश्यक : सांसद गौतम


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै आज सांसद गौतमले गठबन्धन सरकारले देशको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे । अहिले व्यवस्था नै अप्ठेरोमा रहेका कारण राष्ट्रिय सहमतिको सरकार उत्तम विकल्प भएको उनको भनाइ छ ।

सरकारमा काम गर्ने सोच नै नरहेको समेत उनको आरोप छ । ‘खाली झण्डा हल्लाएर मन्त्रीजीहरू गएरमात्र के नै हुन्छ ? अहिले मुलुक एकदमै अप्ठेरोमा अवस्थामा पुगेको छ’ उनले भने ।

उनले देश दुर्घटनाको संकेत देखिएको भन्दै सबै राजनीतिक दलहरुलाई बेलैमा विचार नगर्ने हो भने पछि पश्चातापको बाटो बाहेक अरु केही नरहने बताए ।

 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ४ : ३३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’