कोशीमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दिइएको समय सकियो, अन्यौलता कायमै « Khabarhub

कोशीमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दिइएको समय सकियो, अन्यौलता कायमै


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिएको छ । खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार ५ बजेसम्मको समय दिएका थिए ।

हालसम्म मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेसको शेखर कोइराला समूहबाट केदार कार्कीले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी गरेसँगै कोशी प्रदेशमा राजनीतिक तरंग उत्पन्न भएको छ । यससँगै अब नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । यद्यपि कसलाई मुख्यमन्त्री नियुक्त गर्नेबारे अन्यौलता कायमै रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : १९ बजे

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको