चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालन « Khabarhub

चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालन


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा- औषधि प्रतिरोधक क्षयरोग डीआरटीबीका बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्लाका क्षयरोगीको उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्रको आज उद्घाटन गरिएको हो ।

लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताए । उनका अनुसार नेपालभर २३ डिआर सेवा ८६ उपकेन्द्र रहेका छन् ।

“सरकारले सन् २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारका लागि रणनीति तयार पारिएको छ”, शर्माले भने, “उपचार केन्द्र र उपकेन्द्र गाउँस्तरमा स्थापना गर्ने उद्देश्यले प्रदेश र केन्द्र सरकारले योजना बनाइरहेको छ ।”

सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा प्रभावकारी ढङ्गले अघि बढ्ने शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताए । कपिलवस्तुमा मात्र नभई छिमेकी जिल्लाका बिरामीलाई सहज हुने भएकाले यहाँ केन्द्र स्थापना गरिएको उनले बताए ।

अस्पतालका सेवालाई विस्तार गर्दै केही दिनमै २४सै घण्टा सेवा प्रवाह तथा शव परीक्षण गर्ने व्यवस्था मिलाइने थापाले जानकारी दिए । क्षयरोगका कतिपय बिरामीले समयमा औषधि सेवन नगर्ने गरेको पाइएकाले सबै बिरामीलाई निगरानी गर्नुपर्ने नगर उपप्रमुख शिवकुमारी थारूले बताइन् ।

डिआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा निःशुल्क उपचार हुने नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चुडामणि भट्टराईले बताए । “क्षयरोगका बिरामीको औषधिले काम गरे/नगरेको विषयको परीक्षण प्रयोगशालामा हुन्छ”, उनले भने, “नियमित औषधिले निको हुनेरनहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।”

कपिलवस्तुमा प्रत्येक वर्ष क्षयरोगका बिरामी बढ्दै गएका छन् । तथ्याङ्कमा हेर्दा २०७५/७६ मा सात सय २७, २०७६/७७ मा पाँच सय ८५, २०७७/७८ मा छ सय ३३, २०७७/७८ मा छ सय ३३, २०७८/७९ मा नौ सय र २०७९/८० मा नौ सय १४ जनामा क्षयरोगको सङ्क्रमण रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : २८ बजे

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किएपछि