कोशीमा केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा « Khabarhub

कोशीमा केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै ४७ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय घर्किएसँगै केदार कार्की समर्थक सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा पुग्ने सांसदहरुमा नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना रहेका छन् । उनीहरुले बिहीबार केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : ४३ बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६