गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष नेपाल « Khabarhub

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष नेपाल


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभामा अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताए । अध्यक्ष नेपालले भने, “देशमा केही शक्तिहरू पुनः राजतन्त्रको पक्षमा देखिएका छन्, त्यस्ता प्रयत्नलाई हामीले असफल पार्नुपर्छ ।”

उनले नेपाली जनताको बीचमा लामो समयदेखि रहेको प्रेम, आपसी सद्भाव बिगार्न प्रतिगामी तत्व लागिरहेको समेत आरोप लगाए । “संविधान जारी भएको आठ वर्षमात्रै भयो । केही कमी–कमजोरी छन्, यसको अर्थ संविधान गलत छ भन्ने होइन”, अध्यक्ष नेपालले भने, “संविधान, गणतन्त्र, सङ्घीयतामाथि आक्रमण भइरहेको छ, यस्ता कुरामा सरकार सचेत रहोस् ।” संसारको कुनै पनि व्यवस्था आफैँमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिस्कारको क्रम निरन्तर रहने उनको भनाइ छ ।

धरान, सर्लाही, नेपालगञ्जलगायतका ठाउँमा भइरहेका साम्प्रदायिक घटनाले देशको सामाजिक सद्भावलाई भड्काउने कोसिस भइरहेको बताउँदै त्यसतर्फ प्रधानमन्त्री गम्भीर हुनुपर्नेमा जोड दिए ।

अहिले नागरिकमा समेत नैराश्यता, बेरोजगार, महँगी बढिरहेको बताउँदै उनले देशमा दलालीकरण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । जागरण अभियानबाट पार्टीलाई गतिशील बनाउने काम भइरहेको बताउँदै अध्यक्ष नेपालले २०८४ को चुनावमा पार्टी एक्लै चुनाव लड्नेसमेत बताए ।

पार्टीका महासचिव घनश्याम भुसालले केही राजनीतिक दलका नेताहरूको अकर्मण्यताका कारण देशको अवस्था दिनप्रतिदिन भयावह हुँदै गएको बताए । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगनाथ खतिवडाले पूर्व मेचीदेखि आज सुदूरपश्चिमको महेन्द्रनगरसम्म पुग्दा अभियान उत्साहपूर्वकरूपमा भएको बताए ।

सो अवसरमा सुदुरपश्चिम प्रदेशका उपाध्ययक्ष तथा केन्द्रीय सदस्य शेरबहादुर कुँवरले देशलाई समाजवादतर्फ उन्मुख बनाउन आजको आवश्यकता भएको बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ०८ बजे

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार