कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन : नेता कोइराला | Khabarhub Khabarhub

कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन : नेता कोइराला


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी एकजुट भए कसैले परास्त गर्न नसक्ने बताएका छन् ।

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ काठमाडौंले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेस अहिले पनि बलियो रहेको र कांग्रेस एकजुट भए सबै दलहरु एक भएपनि परास्त गर्न नसक्ने बताएका हुन् ।

उनले कांग्रेसका समर्थक र शुभेच्छुकहरुले माया गरेका कारण आफू अहिलेको स्थानमा आएको भन्दै आफूले पनि सम्मान गर्ने बताए । आफूलाई भाषण गर्न नआउने र आफूले बोल्ने कुरा हृदयबाट आउने उनको भनाइ छ । नेता कोइरालाले जनतालाई छुनेगरी दीर्घकालीन योजना बनाएर कांग्रेस अघि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राज्यसंयन्त्रकोे मूल्याङ्कन गर्दा संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको बताए । कांग्रेसभित्र सुधार गरेर एकताबद्ध भए अहिले पनि कांग्रेसजस्तो भरपर्दो र विश्वासिलो पार्टी अरु कुनै नरहेको उनको भनाइ छ ।

पार्टीभित्र सबैतिर पुनरावलोकनको आवश्यता रहको र अर्कोलाई खोटमात्र देखेर नभई आफूलाई नै सुधारेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : २२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु