देश/प्रदेश

बहुमूल्य सामान देखाएर ठगी गरेको आरोपमा ६ जना पक्राउ

By खबरहब

October 13, 2023

काठमाडौँ- बहुमूल्य सामान देखाएर विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाका अनिल गदाइली, ललितपुरका रमेश नापित, मकवानपुरका सत्यनारायण कपाली, काभ्रेपलाञ्चोकका विकास श्रेष्ठ, ओखलढुंगाका लालबहादुर सुनुवार र मकवानपुरका मुरली न्यौपाने रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले टोलीले उनीहरुलाई शुक्रबार काठमाडौँको बालुवाखानीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान एवम कारवाहीका लागि प्रहरी वृत बौद्ध पठाइएको छ ।