सल्यानमा ट्र्याक्टरले च्यापेर बालकको मृत्यु « Khabarhub

सल्यानमा ट्र्याक्टरले च्यापेर बालकको मृत्यु


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

सल्यान- ट्र्याक्टरले च्यापेर सल्यानमा ६ वर्षीय बालकको मृत्यु भएको छ । शारदा नगरपालिका-४ लामाडाँडा घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ ट्र्याक्टर एक्कासी गुड्दा शुक्रबार बेलुकी साढे ५ बजेतिर चन्दका छोरा दिक्सनको मृत्यु भएको हो ।

ट्र्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

उनका अनुसार ट्र्याक्टर कसरी गुड्यो भन्ने खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लाने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : ४८ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम