सल्यानमा ट्र्याक्टरले च्यापेर बालकको मृत्यु « Khabarhub

सल्यानमा ट्र्याक्टरले च्यापेर बालकको मृत्यु


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

सल्यान- ट्र्याक्टरले च्यापेर सल्यानमा ६ वर्षीय बालकको मृत्यु भएको छ । शारदा नगरपालिका-४ लामाडाँडा घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ ट्र्याक्टर एक्कासी गुड्दा शुक्रबार बेलुकी साढे ५ बजेतिर चन्दका छोरा दिक्सनको मृत्यु भएको हो ।

ट्र्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

उनका अनुसार ट्र्याक्टर कसरी गुड्यो भन्ने खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लाने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको