सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजयी पत्रकारहरुलाई पुरस्कार प्रदान | Khabarhub Khabarhub

सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजयी पत्रकारहरुलाई पुरस्कार प्रदान


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युटले ‘नेपाल बिजनेश समिट, २०८०’ को निष्कर्ष प्रतिवेदन सार्वजनिक गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा सिबिफिन र नेपाल बिजनेश इन्स्टिच्युटले गत वैशाख २४ गते संयुक्त रुपमा आयोजना गरेको उक्त समिटको प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रममा लेख लेखन प्रतियोगिताका विजेता पत्रकारहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

कार्यक्रममा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले स्वागत मन्तव्य राख्दै विसम अवस्थाबाट गुज्रिरहेको राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्नका लागि नेपाल सरकारले निजी क्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्ने बताए । मैत्रीपूर्ण नीति र वातावरणमा सेवा–व्यवसाय गर्न र आयआर्जन गर्न पाउनुपर्नेमा उनको विशेष जोड रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा बिजनेश समिटको दौरान भएका विषयगत बहस सत्रका सुझाव तथा निष्कर्ष र समिटमा सहभागी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, अर्थमन्त्री, माननीय उद्योगमन्त्री, प्रतिनिधिसभाका सदस्यहरु, गभर्नर, सचिव, विभिन्न संघ÷संस्थाका प्रतिनिधि, दातृ निकायका प्रतिनिधिलगायतबाट व्यक्त सुझाव, प्रतिबद्धता र ऐक्यबद्धता समेत समेटिएको सबिफिनले जनाएको छ ।

कार्यक्रमको विषयमा नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष विशाल गैरेले प्रकाश पारेका थिए । कार्यक्रममा विशेष मन्तव्य राख्दै उद्योगमन्त्री रमेश रिजालले उक्त प्रतिवेदनले नेपाल सरकार, मातहतका निकाय र सरोकारवालाहरुलाई सहकार्यसहित अगाडि बढ्न मार्गनिर्देश गरेको जनाएका छन् । त्यसैगरी, उनले आर्थिक जगतका विविध विषयहरुलाई उजागर गर्दै सरोकारवालालाई झकझकाउँदै आएका पत्रकारहरुलाई सम्मान गर्न पाउँदा गौरवान्बित भएको उल्लेख गर्दै सत्यतथ्य र खोजमूलक पत्रकारितामार्फत राष्ट्र निर्माणको अभियानमा पत्रकार जगतले अझ सशक्तरुपमा कलम चलाउँदै सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रमेशचन्द्र पौडेलले औपचारिक र अनौपचारिक अर्थतन्त्रको विषयमा प्रकाश पारेका थिए । यस्तै, कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले आर्थिक पत्रकारहरुलाई हौसला र प्रोत्साहन गर्ने गरी प्रतियोगिता सञ्चालन गरी पुरस्कृत गरेकोमा सिबिफिनप्रति धन्यवाद व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई यसैगरी उत्प्रेरित गरिनुपर्ने बताए । त्रिभुवन विश्वविद्यालय, मानविकी संकायकी डिन प्राडा कुशुम शाक्यले देशको अर्थतन्त्रलाई सबल बनाउन हरेक क्षेत्रको सहकार्य र सहयोग अनिवार्य रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा समापन मन्तव्य राख्दै सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले देशको वर्तमान आर्थिक अवस्था र आर्थिक एवं औद्योगिक क्रान्तिका लागि चाल्नुपर्ने कदमहरुका विषयमा धारणाहरु राखे । उत्पादनमूलक, निर्यातमूलक, रोजगारमूलक क्षेत्रलाई विशेष प्राथमिकता र प्रोत्साहनसहित उक्त क्षेत्रहरुमा लगानी विस्तार नगरी देश विकास नहुने बताउँदै यसका लागि नेपाल सरकारले उपयुक्त नीति एवं वातावरणसहित निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने औँल्याए । नजिकिँदै गरेका महान् चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको बताउँदै उनले विजया दशमी, शुभ दीपावली, नेपाल संवत्, छठलगायतका पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र प्रगतिको लागि शुभकामना समेत व्यक्त गरे ।

समिटको पूर्वसन्ध्यामा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को प्रायोजन तथा नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्स्टिच्युटको सहकार्यमा आयोजित ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख लेखन प्रतियोगितामा उत्कृष्ट १५औँ स्थानभित्र पर्न सफल लेखका सर्जकलाई उद्योगमन्त्री रिजालको हातबाट नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

प्रतियोगी पत्रकार गौतम रानाभाट, यम विरही, दुर्गाप्रसाद अर्याल, खेम बोलाखे र नवराज अधिकारीका लेखहरुले क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्त गर्दै क्रमशः नगद रु एक लाख, रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १५ हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए । थप १० उत्कृष्ट लेखका सर्जक तथा पत्रकारहरु कमल बहादुर कठायत, अमृता बजगाई, रुपनारायण ढकाल, ममता थापा, अनिष मिजार, दधिराम खतिवडा, लोकबहादुर चापागाई, एलन अधिकारी, हिक्मत बहादुर नेपाली र वेणु प्रसाद अधिकारीले प्रोत्साहनस्वरुप नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गरे ।

सिबिफिनका सचिव कुश प्रसाद मल्लीले सञ्चालन गरेको उक्त कार्यक्रममा सिबिफिनका पदाधिकारी तथा सदस्य, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं सञ्चालक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष, नेपाल वित्तीय संस्था संघका प्रतिनिधिलगायत विभिन्न संघ/संस्थाका नेतृत्वगण तथा प्रतिनिधि, बैंकर्स, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ०६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र