फ्रान्समा विद्यालय परिसरमा छुरा प्रहार गरी एक शिक्षकको हत्या « Khabarhub

फ्रान्समा विद्यालय परिसरमा छुरा प्रहार गरी एक शिक्षकको हत्या


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपूर्वी फ्रान्सको अरास शहरमा रहेको एक विद्यालयमा शुक्रबार भएको छुरा आक्रमणमा परी एक शिक्षकको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएको प्रहरी तथा क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

आक्रमणकारी रूसको मुस्लिम बहुल दक्षिणी काकेशस क्षेत्र चेचन्याका रहेको र उनी सम्भावित सुरक्षा खतराका रूपमा फ्रान्सको राष्ट्रिय निगरानी सूचीमा पहिल्यै देखि नै थिए ।

घाइते हुनेमा एक सुरक्षाकर्मी र कम गम्भीर अवस्थामा रहेका एक शिक्षक रहेको स्रोतले जनाएको छ ।विद्यालयका कुनै पनि विद्यार्थी घाइते नभएको प्रहरी स्रोतले जनाएको छ ।

गृहमन्त्री गेराल्ड डार्मानिनले ट्वीटरमा लेखेका छन्, “ती व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।” स्थानीय प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको र अब सर्वसाधारणका लागि कुनै खतरा नरहेको बताएको छ ।आक्रमणपछि केही समय विद्यालयका विद्यार्थी र शिक्षकलाई विद्यालय परिसरमै सीमित गरिएको थियो ।

“अपराधीले अरबी वाक्यांश ‘अल्लाहु अकबर ’ (ईश्वर महान् हुनुहुन्छ) भनेर चिच्याएको थियो,” अनुसन्धानको प्रारम्भिक जानकारीबारे बताउँदै नाम नबताउने शर्तमा एक प्रहरी स्रोतले एएफपीसँग भन्यो । थप अनुसन्धानपछि अन्य जानकारी आउने उनले बताए ।

फ्रान्सले तत्काल उक्त आक्रमणको बारेमा आतङ्कवादी अनुसन्धान सुरु गरेको राष्ट्रिय आतङ्कवाद विरोधी अभियोजनकर्ताहरूले बताएका छन् ।यस देशमा सन् २०१५ देखि इस्लामी चरमपन्थीहरूले शृङ्खलाबद्ध आक्रमणहरू भोगेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : २१ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।