फ्रान्समा विद्यालय परिसरमा छुरा प्रहार गरी एक शिक्षकको हत्या « Khabarhub

फ्रान्समा विद्यालय परिसरमा छुरा प्रहार गरी एक शिक्षकको हत्या


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपूर्वी फ्रान्सको अरास शहरमा रहेको एक विद्यालयमा शुक्रबार भएको छुरा आक्रमणमा परी एक शिक्षकको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएको प्रहरी तथा क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

आक्रमणकारी रूसको मुस्लिम बहुल दक्षिणी काकेशस क्षेत्र चेचन्याका रहेको र उनी सम्भावित सुरक्षा खतराका रूपमा फ्रान्सको राष्ट्रिय निगरानी सूचीमा पहिल्यै देखि नै थिए ।

घाइते हुनेमा एक सुरक्षाकर्मी र कम गम्भीर अवस्थामा रहेका एक शिक्षक रहेको स्रोतले जनाएको छ ।विद्यालयका कुनै पनि विद्यार्थी घाइते नभएको प्रहरी स्रोतले जनाएको छ ।

गृहमन्त्री गेराल्ड डार्मानिनले ट्वीटरमा लेखेका छन्, “ती व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।” स्थानीय प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको र अब सर्वसाधारणका लागि कुनै खतरा नरहेको बताएको छ ।आक्रमणपछि केही समय विद्यालयका विद्यार्थी र शिक्षकलाई विद्यालय परिसरमै सीमित गरिएको थियो ।

“अपराधीले अरबी वाक्यांश ‘अल्लाहु अकबर ’ (ईश्वर महान् हुनुहुन्छ) भनेर चिच्याएको थियो,” अनुसन्धानको प्रारम्भिक जानकारीबारे बताउँदै नाम नबताउने शर्तमा एक प्रहरी स्रोतले एएफपीसँग भन्यो । थप अनुसन्धानपछि अन्य जानकारी आउने उनले बताए ।

फ्रान्सले तत्काल उक्त आक्रमणको बारेमा आतङ्कवादी अनुसन्धान सुरु गरेको राष्ट्रिय आतङ्कवाद विरोधी अभियोजनकर्ताहरूले बताएका छन् ।यस देशमा सन् २०१५ देखि इस्लामी चरमपन्थीहरूले शृङ्खलाबद्ध आक्रमणहरू भोगेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : २१ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी