संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का « Khabarhub

संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्। नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए।

‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,’ उनले भने, ‘संविधानलाई भड्काउने कोशिस भएको सङ्केत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ।’

उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहङ्कारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको समेत बताए । प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ।

‘हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन्। मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्,’ उनले भने, ‘पार्टी र भ्रातृ संस्था सुधार गर्न आवश्यक छ। हामी सच्चिन आवश्यक छ।’

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ९ : १५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४