अफगानिस्तानी मस्जिदमा भएको आत्मघाती हमलामा सात जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानी मस्जिदमा भएको आत्मघाती हमलामा सात जनाको मृत्यु


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – काबुल अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको अल्पसंख्यक शिया समुदायको मस्जिदमा शुक्रबार भएको आत्मघाती विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको तालिबान सरकारले जनाएको छ ।

अमेरिका र तालिबान समूहबीच सन् २०२१ को अगष्टमा कतारमा भएको सम्झौतापछि अमेरिका समर्थित अफगानी सरकार सत्ताच्युत भएको थियो । तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि इस्लामिक स्टेट संगठनको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरूको खतरामा अफगानिस्तान रहेको छ ।

बगलान प्रान्तको राजधानी पोल–ए–खोमरीस्थित इमाम जमान मस्जिदमा जुमेको नमाजका लागि भेला भएका शिया धर्मावलम्बीहरूलाई लक्षित गरिएको विस्फोटको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १० : ०७ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार