एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी « Khabarhub

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव ९पर्सा०, सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस (धनुषा) को एकल उम्मेदवारी परेको छ ।

त्यसैगरी लेखा आयोगको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । जीतेन्द्र पासवान (महोत्तरी), लक्ष्मीनारायण यादव (धनुषा) र परमेश्वर रजक (महोत्तरी) को उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत खड्काले बताए । लेखा समिति सचिवमा भने सिरहाका दीपेन्द्र महतोको एकल उम्मेदवारी परेको छ ।

दुई सय ४२ सदस्यीय प्रदेश समितिका लागि आठ जिल्लाबाट तीन सय ९८ जनाको उम्मेदवारी परेको छ । “अहिले पाँच सदस्यीय पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । सदस्यमा धेरै जनाको उम्मेदवारी परेको छ । “सहमति नभए निर्वाचन समितिले आवश्यक प्रक्रिया अवलम्बन गर्छ”, प्रमुख निर्वाचन अधिकृत खड्काले भने ।

एमाले केन्द्रीय सचिव रघुवीर महासेठले पनि धेरै उम्मेदवारी परेका जिल्ला र पदका विषयमा सम्बन्धित पक्ष एवं जिल्लागत रुपमा छलफल गरी सहमतिको प्रयास जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १० : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल