हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको दोस्रो ठुलो महान् पर्व हो तिहार । यस वर्षको तिहारको तेस्रो दिन आज गाईको पूजा गरेर मनाइँदैछ ।
तिहार लागेसँगै गाउँदेखि सहरसम्म फूल तथा बत्तीले झकिझकाउ र झिलिमिली भएको छ । सबैतिर अहिले मखमली, सयपत्री, गोदावरीलगायतका फूलहरूले सजाइएको छ ।
तिहारको अन्तिम दिन भ्रातृ द्वितीया दिदीबहिनी, दाजुभाइका लागि विशेष दिन हो । यस दिनलाई भाइटीका भनिन्छ ।
तिहारको अर्को महत्त्वपूर्ण कुरा भनेको दियो बाल्नु पनि हो । घरको वरपर चारैतिर दियो बालेर निकै आकर्षित बनाएर तिहार मनाइने गरिन्छ ।
धार्मिक विश्वास अनुसार त्रेतायुगमा भगवान् श्रीराम, लक्ष्मण र सीता १४ वर्ष वनवास पुरा गरी फर्किदा कार्तिक कृष्ण पक्षको औँसीको रात थियो ।
अयोध्यावासीले भगवान् श्रीराम, लक्ष्मण र सीताको आगमनको खुसियालीमा उनीहरूको प्रत्येक पाइलामा दियो बालिएको हुनाले हरेक वर्ष सोही तिथिमा दीपावली गरिएको हो भन्ने गरिएको छ ।
यसका साथै कुवेर र माता लक्ष्मीको बास होस् भन्नाले पनि दियो बालिने प्रचलन रहेको छ । औँसीको रात भनेको कालो रात हो । यस रात दियो चलाउँदा उज्यालो छाउँछ ।
तिहारमा घरघरमा झिलिमिली बनाइनु धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक सबै दृष्टिले महत्त्वपूर्ण छ ।
प्रतिक्रिया