कालीगण्डकीबाट बीस लाखको फूल निर्यात | Khabarhub Khabarhub

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तिहारको समयमा २० लाख रुपैयाँ बराबरको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो ।

कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म २० लाख रुपैयाँ बराबरको फूल निर्यात भइसकेको जानकारी दिए । उनले  फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए ।

उनले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको २५ लाख बराबरको सयपत्रीका फूल निर्यात हुने दाबी गर्नुभयो ।

‘फूल खेती र ड्रागन खेतीका लागि १० लाख बजेट विनियोजन गरेका थियौँ’, उनले भने, ‘फूलखेती गर्न चाहेका ३२  कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६  समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ ।’

उहाँका अनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट रहेको बताए । उनले फूलखेती हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताए ।

कृषि शाखा प्रमुख पौडेलले जुनसुकै मौसममा पनि फुल्ने क्रमा जातको ‘हाइब्रिड’ सयपत्री फूलखेती गर्न कृषकलाई आफूहरूले सिफारिस गरेको बताए ।

उनले सयपत्री फूल कृषकले बिक्री गर्न नसकेमा बजारीकरणका लागि पालिकाले सहयोग गरिरहेको बताए । उनले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गरेको बताए ।

नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले पालिकाले बजारको जिम्मा लिने भएपछि आफूहरू फूलखेतीतर्फ आकर्षित भएको जानकारी दिए ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कालीगण्डकी गाउँपालिकालाई फूलैफूलको पालिका बनाउने उद्देश्यअनुरूप कृषकलाई फूल उत्पादनतर्फ उत्प्रेरित गरिरहेको बताए ।

उनले यस वर्ष गाउँपालिकाको अनुदानमा १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनी जमिनमा सयपत्री फूलखेती गरिएको जानकारी दिए ।

अध्यक्ष थापाले कालीगण्डकीमा सयपत्री फूलखेतीका लागि उपयुक्त माटो, हावा र पानी भएकाले आगामी वर्ष खेतीलाई विस्तार गरिँदै लगिने दाबी गरे । 

‘कालीगण्डकी पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको पालिका हो’, उनले भने, ‘यहाँ भएका होमस्टेलाई फूलको माध्यमबाट प्रवद्र्धन तथा विकास गर्ने, यहाँका धार्मिक तथा ऐतिहासिक महत्वका स्थल अवलोकन गराउने र आम्दानीको स्रोत बनाउने हाम्रो लक्ष्य हो ।’

अध्यक्ष थापाले पालिकावासीले गाउँपालिकाको योजनालाई साथ दिँदा आफूहरू सफल भएको दाबी समेत गरे । 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : ५९ बजे

स्वास्थ्यमन्त्रीलाई पीडितको प्रश्न- तपाईँहरूलाई मृत्युको पीडाले पनि पोल्दैन ? 

गत सोमबार रामेछाप अस्पतालका निमित्त प्रमुख डा.केशव श्रेष्ठ सामाजिक सञ्जाल

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

डुम्रे– जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

चितवन–  नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई 

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक