शाहरुख अभिनीत ‘डिंकीका दुई पोस्टर सार्वजनिक « Khabarhub

शाहरुख अभिनीत ‘डिंकीका दुई पोस्टर सार्वजनिक


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दीपावलीको अवसरमा शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘डिंकी’का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन् । शाहरुखले दुवै पोस्टर आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

पहिलो पोस्टरमा शाहरुख स्कुटर चढेको देखिएका छन् । उनको पछाडि तापसी पन्नु र विक्रम कोचर सरदारको भूमिकामा देखिएका छन् । 

अनिल ग्रोवरलाई पनि उनको छेउमा साइकल चढिरहेको देखिएको छ जसमा ‘ह्याप्पी दिवाली’ लेखिएको बोर्ड छ । उनले गलामा नोटको माला लगाएका छन्।

पोष्ट सेयर गर्दै शाहरुख खानले लेखेका छन्– ‘यस्तो परिवार बिना कस्तो हुनेछ दीपावली र कस्तो हुनेछ नयाँ वर्ष । सँगै हिड्नु, सँगै बस्नु र सँगै मनाउनुमा वास्तविक आनन्द छ। ‘डिंकी’ को सारा संसार यी मुर्ख हुन्।’

‘डिंकी’ को दोस्रो पोस्टरमा शाहरुख आफ्नो टोलीसँग कक्षा कोठामा देखिएका छन् । पोस्टरका सबै पात्रहरूले हातमा आईईएलटीएस पुस्तक समातेका छन्।

शाहरुख खानका फ्यानहरू उनको आगामी फिल्म ‘डिंकी’ को प्रतीक्षामा छन् । फिल्मको कथा विदेशबाट आफ्नो घर र देश फर्कन चाहनेहरूबाट प्रेरित छ। कमेडी ड्रामा भएको यो फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा राजकुमार हिरानी र शाहरुख खान पहिलो पटक सँगै काम गर्दैछन् । हिरानीलाई सञ्जु, पीके, ३ इडियट्स र मुन्ना भाइ सिरिज जस्ता ब्लकबस्टर फिल्मका लागि चिनिन्छ ।

चलचित्रमा तापसी पन्नु, विक्की कौशल र बोमन इरानीको पनि भूमिका रहेको छ । ‘डिंकी’ यो क्रिसमसमा विश्वभरका थिएटरमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ३४ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो