लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगलागी  | Khabarhub Khabarhub

लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगलागी 


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– लक्ष्मी पूजाका लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।

उनले आगलागीबाट दुई तले घर जलेको र घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाँडावर्तन, सुनका गरगहना, र नगद १५ हजारसमेत नष्ट भएको बताए।

जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण विष्ट परिवार बिचल्लीमा परेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : ०३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’