उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल | Khabarhub Khabarhub

उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

उत्तरकाशी उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ । सुरुङभित्र ४० जना कामदार फसेका छन् । उद्धार टोली सुरुङको १५ मिटरभित्रसम्म पस्न सफल भएको छ । 

उद्धारकर्मीहरूले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहर हटाउन बाँकी रहेको बताएका छन् । साथै फसेका कामदारसँग सञ्चार स्थापित गर्न सक्षम भएको उनीहरूले बताएका छन् । 

‘सुरुङ करिब ६० मिटर गहिरो छ, हामीले फोहर हटाउने क्रममा माथिबाट फोहर खसिरहेको छ, हिजो हामीले सुरुङभित्र फसेका मानिसहरूसँग सम्पर्क स्थापना गर्यौँ, हामी सुरुङभित्र करिब १५ मिटरसम्म पुगेका छौँ र अझै पनि ३५ मिटर जान बाँकी छ’, उत्तरकाशीका सर्कल अधिकारी प्रशान्त कुमारले भने, ‘अहिलेसम्म सबैजना सुरक्षित छन्, हामीले अक्सिजन र पानी उपलब्ध गराएका छौँ, हामीले सुरुङभित्र जानका लागि छेउमा अर्को बाटो बनाइरहेका छौँ ।’

उद्धार दलले सुरुङभित्र फसेका कामदारहरूलाई खाजा र पानी दिइएको भन्दै आज साँझसम्ममा भग्नावशेष पन्छाएर कामदारहरूलाई बाहिर निकाल्न सकिने अपेक्षा गरिएको जनाएको छ । 

‘हामीले फसेका कामदारहरूलाई केही चिप्स र पानी दिएका छौँ, उनीहरू सुरक्षित रहेको पुष्टि गर्दछौँ’, टोलीका सहायक कमान्डर कर्मवीर सिंह भण्डारीले भने, ‘उद्धार कार्य जारी छ, आज साँझसम्ममा भग्नावशेष पन्छाएर फसेका कामदारसम्म पुग्ने अपेक्षा गरेका छौँ, सुरुङ भत्किएको स्थानमा प्लास्टरको काम पूरा भएको थिएन ।’

शनिबार ब्रह्मखाल–पोलगाउँको सिल्क्यारा तर्फको विन्दुभन्दा करिब दुई सय मिटर अगाडि सुरुङको एक भाग भत्केको थियो । 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १२ : ५२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित