भूकम्पबाट मृत्यु भएकाका परिवारलाई राहत वितरण « Khabarhub

भूकम्पबाट मृत्यु भएकाका परिवारलाई राहत वितरण


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– जाजरकोट भूकम्पमा परी मृत्यु भएका रुकुमपश्चिमका पीडित परिवारलाई नगद राहत वितरण गरिएको छ । 

सानीभेरी गाउँपालिका–६ मा पीडित १० परिवारलाई रू १६ लाख र आठबीसकोट नगरपालिकाका २० घरपरिवारका ३१ जनालाई राहतबापत रू ५१ लाख गरी ६७ लाख रकम बाँडिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । सानीभेरीबाट सुरु गरिएको नगद वितरण कार्यक्रम आठबीसकोटमा पुगेर समापन भएको थियो ।

उनका अनुसार जिल्लामा ४१ जना मृतक परिवारका सदस्यलाई नगद राहत उपलब्ध गराइएको हो । ‘अब जिल्लामा कागजात मिलाउन बाँकी रहेका नौ घरपरिवारका १२ मृतकको राहतबापतको रकम वितरण गर्न बाँकी छ ।

तीमध्ये पाँचजना जिल्ला बाहिरका हुन् । जिल्ला बाहिरकालाई पनि सम्बन्धित जिल्लाबाट प्रक्रिया पुर्‍याएर यहीबाट नगद राहत वितरण गरिने छ’, प्रजिअ पन्तले भने। संघीय सरकारबाट प्राप्त भएको राहत रकम मृतक परिवारलाई बाँडिएको उनले जानकारी दिए।

सरकाकारले निर्णय गरे अनुसार प्रत्येक मृतक घरपरिवारलाई दुई लाखका दरले राहत रकम दिएको जनाउँदै एकै घरबाट एकजना भन्दा बढी मृत्यु भएकामा रू दुई लाखमा थप रू एक लाख बढाएर उपलब्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए। उनका अनुसार संघीय सरकारले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रू पाँच करोड पठाएको थियो । 

‘हालसम्म रू ६७ लाख वितरण गरिएको छ । १२ जनाको राहतबापतको रकम वितरण गर्न बाँकी छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण तथा पुनःस्थापनामा खर्च गरिने छ’, सहायक प्रजिअ बढुवालले भने । 

गत कात्तिक १७ गते राति गएको भूकम्पमा जिल्लाका ५२ र उपचारका क्रममा एक गरी ५३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : ०७ बजे

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको

ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन

वाशिङ्टन- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त गरिदिने धम्की

समाजले ‘अंश खाने छोरो छैन’ भनेपछि गरिदिए छोरीको व्रतबन्ध

काठमाडौं– सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी