भूकम्पबाट मृत्यु भएकाका परिवारलाई राहत वितरण « Khabarhub

भूकम्पबाट मृत्यु भएकाका परिवारलाई राहत वितरण


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– जाजरकोट भूकम्पमा परी मृत्यु भएका रुकुमपश्चिमका पीडित परिवारलाई नगद राहत वितरण गरिएको छ । 

सानीभेरी गाउँपालिका–६ मा पीडित १० परिवारलाई रू १६ लाख र आठबीसकोट नगरपालिकाका २० घरपरिवारका ३१ जनालाई राहतबापत रू ५१ लाख गरी ६७ लाख रकम बाँडिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । सानीभेरीबाट सुरु गरिएको नगद वितरण कार्यक्रम आठबीसकोटमा पुगेर समापन भएको थियो ।

उनका अनुसार जिल्लामा ४१ जना मृतक परिवारका सदस्यलाई नगद राहत उपलब्ध गराइएको हो । ‘अब जिल्लामा कागजात मिलाउन बाँकी रहेका नौ घरपरिवारका १२ मृतकको राहतबापतको रकम वितरण गर्न बाँकी छ ।

तीमध्ये पाँचजना जिल्ला बाहिरका हुन् । जिल्ला बाहिरकालाई पनि सम्बन्धित जिल्लाबाट प्रक्रिया पुर्‍याएर यहीबाट नगद राहत वितरण गरिने छ’, प्रजिअ पन्तले भने। संघीय सरकारबाट प्राप्त भएको राहत रकम मृतक परिवारलाई बाँडिएको उनले जानकारी दिए।

सरकाकारले निर्णय गरे अनुसार प्रत्येक मृतक घरपरिवारलाई दुई लाखका दरले राहत रकम दिएको जनाउँदै एकै घरबाट एकजना भन्दा बढी मृत्यु भएकामा रू दुई लाखमा थप रू एक लाख बढाएर उपलब्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए। उनका अनुसार संघीय सरकारले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रू पाँच करोड पठाएको थियो । 

‘हालसम्म रू ६७ लाख वितरण गरिएको छ । १२ जनाको राहतबापतको रकम वितरण गर्न बाँकी छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण तथा पुनःस्थापनामा खर्च गरिने छ’, सहायक प्रजिअ बढुवालले भने । 

गत कात्तिक १७ गते राति गएको भूकम्पमा जिल्लाका ५२ र उपचारका क्रममा एक गरी ५३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : ०७ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई