चेपाङसँग तिहार मनाउन संस्कृतिमन्त्री चितवनमा « Khabarhub

चेपाङसँग तिहार मनाउन संस्कृतिमन्त्री चितवनमा


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायसँग तिहार मनाउन चितवन आएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले चेपाङ समुदायसँग तिहार मनाउन आफू चितवन आएको बताए।

उनले भने, ‘चेपाङ समुदायले तिहार कसरी मनाउँछन् हेर्नुछ । उनीहरुसँग बसेर देउसी, भैलो खेल्नु छ ।’ नेपालमा चेपाङ समुदायको धर्म संस्कृति, भाषा लोप हुने खतरामा पुगेको उनले बताए। उनले भने, ‘चेपाङको धर्म संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी छ ।’ मान्छेहरु पुरानो संस्कृति हेर्ने इच्छा गरेको देखिएको बताउँदै उनले चेपाङ समुदायको धर्म संस्कृति र भाषा संरक्षण गरेर पर्यटनसँग जोड्नुपर्ने बताए। उनीहरूको भाषा, धर्म र संस्कृति लोप भए नेपाल बहुजाति, धर्म संस्कृति भएको देश भन्न नसकिने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उनले भरतपुर विमानस्थलको धावनमार्ग चार सय मिटर थप गर्नेगरी काम भइरहेको बताए। नेपालको काम नगर्ने संस्कृतिको अन्त्य गर्दै सरकारले विमानस्थलको धावनमार्ग बढाउनका लागि नेपाली सेनासँग कुरा गरिरहेको उनले बताए। 

उनले भने, ‘पहिला सेना र घोडा प्रजनन केन्द्र सार्ने कुरा गरेका थियौँ । वनका कारणले समस्या भयो । अब धावनमार्ग बढाउन सेनासँग छलफल भइरहेको छ ।’ सेनासँग सहमति गरेर सेना पनि त्यहीँ रहनेगरी धावनमार्ग बढाउनका लागि तिहारलगत्तै छलफल गरेर टुङ्गो लगाउने उनको भनाइ थियो । धावनमार्ग बढेसँगै ७२ सिटे जहाज अवतरण गर्न सकिने र रात्रिकालीन उडान गर्न सकिने उनले बताए।

वैज्ञानिक योजनाका आधारमा भन्दा पनि राजनीतिक दबाबका आधारमा विमानस्थल बन्ने गरेको बताउँदै उनले विमानस्थललाई व्यावसायिक प्रयोगमा लैजान सरकार लागेको बताए। निजगढ विमानस्थलको बाँकी काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय भएको बताउँदै उनले यसलाई अघि बढाउन मन्त्रालयले काम सुरु गरेको बताए। उनले भने, ‘यो विमानस्थल देशको आवश्यकता हो । काम अघि बढ्छ अब ।’ 

अरु विमानस्थल थप्ने विषयमा वैज्ञानिक अध्ययन गर्नुपर्ने उनले बताए। जनताको माग र वैज्ञानिक अध्ययनका लागि कार्यदल बनाएर अघि बढेको उनको भनाइ छ । मन्त्री किरातीको रत्ननगर नगरपालिका वडा नं ११ मङ्गलपुरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा रहेका बालबालिकासँग देउसी, भैलो खेल्ने कार्यक्रम रहेको छ । केन्द्र सञ्चालन गर्दै आएका केपी किरण शर्माका अनुसार त्यहाँ एक सय ४५ जना चेपाङ बालबालिका रहेका छन् । 

त्यसपछि मन्त्री किराती इच्छाकामना गाउँपालिकाको चौकीभञ्ज्याङसप्रेमीस्थित चेपाङ समुदायमा पुग्नु हुनेछ । त्यहाँका चेपाङ संस्कृतिविद् भोटेबहादुर चेपाङको दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। चेपाङ ७९ वर्षीय छन्। 

सोही क्षेत्रमा चेपाङ समुदायलाई मन्त्री किरातीले न्यानो कपडासमेत वितरण गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रधानमन्त्री हुँदा डा बाबुराम भट्टराई कालिका नगरपालिका–१० को तीनदोभानमा आएर चेपाङ समुदायसँग रात बिताएका थिए । त्यतिबेला वडारमा रहेका बन्दीपुरे चेपाङलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ३ : ५५ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु