सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन : गगन थापा | Khabarhub Khabarhub

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन : गगन थापा


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गरेका छन् । उनले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए। 

मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताए। ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो, यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने-नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।’ महामन्त्री थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखिएको महामन्त्री थापाको आरोप  छ । उनले भने – ‘सरकारले यो कदम सच्याउनुपर्छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ४ : ०६ बजे

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए पत्र

काठमाडौं – प्रहरी समायोजनको माग गर्दै सात प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प

गायकवाडको शानदार शतकमा अष्ट्रेलियालाई भारतको विशाल चुनौती

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा टस हारेर ब्याटिङ

तनहुँमा अजिङ्गर फेला

दमौली –तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को