बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन विदेशमन्त्री नियुक्त « Khabarhub

बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन विदेशमन्त्री नियुक्त


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् । योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनक रूमा मूलधारको राजनीतिमा आएका छन् । ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभन्दा अघि उनी सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री थिए ।

त्यसैगरी, प्रधानमन्त्री सुनकले जेम्स क्लेभर्लीलाई गृहमन्त्रीमा नियुक्त गरेका छन् । क्लेभर्लीले सुएला ब्रेभरम्यानलाई गृहमन्त्रीको भूमिकाबाट विस्थापित गरेका हुन् । यसअघि उनी विदेशमन्त्री थिए । सत्ता सम्हालेको करिब १३ महिनापछि प्रधानमन्त्री सुनकको यो सबैभन्दा ठूलो फेरबदल हो । यसअघि उनले सोमबार विवादास्पद गृहमन्त्री सुएला ब्रेभरम्यानालाई बर्खास्त गरेका थिए ।

प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम निर्वाचनअघि आफ्नो शीर्ष टोलीमा फेरबदल गरेका हुन् । आलोचकहरूले ब्रेभरम्यानमाथि बेलायतमा प्यालेस्टाइनी समर्थकको प्रदर्शन र प्रति–विरोधका सातामा तनाव बढाएको आरोप लगाएका थिए । उक्त आरोपसँगै स्पष्टवादी दक्षिणपन्थी नेता ब्रेभरम्यानलाई हटाउन प्रधानमन्त्री सुनकमाथि दबाब बढेको थियो ।

आफ्नो बर्खास्तपछि ब्रेभरम्यानले भनिन्, “गृहमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो, आगामी दिनमा मैले भन्नुपर्ने धेरै कुरा हुनेछन् ।” सत्तारूढ कन्जरभेटिभहरूले सुनकबाट शीर्ष मन्त्रीहरूमो ठूलो फेरबदल हुँदैछ भन्ने पुष्टि गरेपछि मन्त्रिमण्डल पुनर्गठन भएको हो । सन् २०२२ अक्टोबरमा प्रधानमन्त्री बनेपछि सुनकको यो पहिलो पुनर्गठन हो ।

“हामी यहाँ गएका छौँ”, पार्टीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “आज ऋषि सुनकले उज्ज्वल भविष्यका लागि दीर्घकालीन निर्णय लिनका लागि सरकारमा आफ्नो टिमलाई बलियो बनाउनु भएको छ, नयाँ जानकारीका लागि पर्खनुहोस् ।”

करिब १४ वर्ष सत्तामा रहेपछि टोरी पार्टीको लोकप्रियतामा असर परेसँगै बिहानसम्म घोषणा गरिने परिवर्तनले वफादार र उदीयमान युवा सांसदहरूलाई पुरस्कृत गर्ने अपेक्षा गरिएको छ । सुनक प्रधानमन्त्री भएपछि पार्टी प्रमुख प्रतिपक्षी लेबर पार्टीसँग दोहोरो अङ्कको अन्तरले पछाडि परेको छ र अर्को वर्ष हुने निर्वाचनमा पराजित हुने व्यापक अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ५ : २० बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक