नेपालमा क्षयरोग संक्रमितको अवस्था चिन्ताजनक | Khabarhub Khabarhub

नेपालमा क्षयरोग संक्रमितको अवस्था चिन्ताजनक


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

क्षयरोग एक किसिमको सूक्ष्म जीवाणुले लाग्ने रोग हो। यो शरीरको विभिन्न अंगमा जीवाणुको आक्रमणबाट असर गरेर लाग्ने गर्दछ। प्राय हामीले थाहा पाउने फोक्साको क्षयरोग हो। तर फोक्सोबाहेक शरीरका अन्य भागमा क्षयरोगले आक्रमण गरेर हामीलाई असर गरिरहेको हुन्छ। यो रोग गरिब अथवा अल्पविकसित मुलुकमा अहिले पनि धेरै जनामा देखिएर मृत्यु हने गरेको छ। यो यौटा जनस्वास्थ्य समस्या हो। नेपालमा क्षयरोगबाट संक्रमित हुनेको अवस्था विश्वका अधिकांश देशको तुलनामा चिन्ताजनक छ। क्षयरोग के हो ? के कारणले सर्ने गर्दछ ? यसबाट बच्न के गर्नुपर्छ ? यी र यस्तै विषयमा आधारित भएर सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

क्षयरोग कस्तो स्वास्थ्य समस्या हो ?
क्षयरोग भनेको एक किसिमको सूक्ष्म जीवाणुले लाग्ने रोग हो। यो शरीरको विभिन्न अंगमा जीवाणुको आक्रमणबाट असर गरेर लाग्ने गर्दछ। प्राय हामीले थाहा पाउने फोक्साको क्षयरोग हो। तर फोक्सोबाहेक शरीरका अन्य भागमा पनि क्षयरोगले आक्रमण गर्छ। त्यसको आक्रमणपछि हामीलाई रोग लाग्छ। यो रोग गरिब अथवा अल्पविकसित मुलुकमा अहिले पनि धेरै जनामा देखिने गरेको छ। यसले मृत्युसमेत गराउने भएकाले यसलाई यौटा जनस्वास्थ्य समस्याको रुपमा हेरिन्छ।

यो रोग गरिब अथवा अल्पविकसित मुलुकमा अहिले पनि धेरै जनामा देखिने गरेको छ। यसले मृत्युसमेत गराउने भएकाले यसलाई यौटा जनस्वास्थ्य समस्याको रुपमा हेरिन्छ।

नेपालमा अहिले क्षयरोगको अवस्था कस्तो छ ?
नेपालमा क्षयरोगबाट संक्रमित हुनेको अवस्था विश्वका अधिकांश देशहरुको तुलनामा चिन्ताजनक छ। प्रत्येक वर्ष देखिने नयाँ क्षयरोगीको संख्या पनि बढिरहेको छ।

क्षयरोग के कारणले लाग्ने गर्दछ ?
खुला वातावरणबाट जीवाणु, विषाणु, संक्रमित व्यक्तिबाट अर्को व्यक्तिको फोक्सो लगायत शरीरका अन्य भागमा प्रवेश गर्छन्। लामो समय त्यहीँ बसिरहन्छन्। विस्तारै त्यो क्षयरोगमा परिणत हुन्छ। त्यो व्यक्ति अनुसार फरक हुन्छ। कसैको रोगसँग लड्ने क्षमता कमजोर छ भने चाँडै लक्षण देखिन्छ। कसैको रोगसँग लड्ने क्षमता बलियो छ भने अलि ढिलो लक्षण देखिन्छन्।

नेपालमा क्षयरोगबाट संक्रमित हुनेको अवस्था विश्वका अधिकांश देशहरुको तुलनामा चिन्ताजनक छ। प्रत्येक वर्ष देखिने नयाँ क्षयरोगीको संख्या पनि बढिरहेको छ।

क्षयरोगका लक्षण के के हुन् ?
शरीरको कुन भागमा लागेको छ। त्यो अनुसार यसका लक्षण फरक हुन्छन्। नेपालको कुरा गर्ने हो भने हाम्रो समुदायमा क्षयरोगका बिरामी धेरै भएकाले सानो उमेरमा नै क्षयरोगीसँग सम्पर्क भइरहेको हुन्छ। यो हावाको माध्यमबाट टाढाटाढा पनि सर्नसक्ने रोग हो। सुरुमा शरीरमा प्रवेश गर्दा ज्वरो आउने, खोकी लाग्ने, जस्ता लक्षणहरु देखिने र पछि आफै हराउने हुनसक्छ। केही समयपछि मानिसको इम्युनिटी पावर कमजोर भएको मौका छोपेर कुन अंगमा क्षयरोगले छोपेको छ त्यो अनुसारको लक्षण देखिन सक्छन्। जस्तै फेक्सोमा लागेको हो भने खोकी लाग्ने, पहेंलो खकार आउने, ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखिन सक्छन्। त्यस्तै शरीरको अन्य भागमा लागेको छ भने खान मन नलाग्ने, दुब्लाउँदै जाने, कसैलाई पेट दुख्ने, टाउको दुख्ने, जस्ता लक्षण देखिन सक्छन्।

यो रोग एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सम्भावना के छ ?
प्राय यो स्वासप्रस्वासबाटै सर्ने गर्छ। एउटा पुस्ताबाट अर्को पुस्तामा पनि सर्नसक्छ। आमालाई क्षयरोग छ भने बच्चालाई बोकेको बेला स्वासप्रस्वासबाट सर्ने हुन्छ। तर पाठेघर भित्रैबाट सर्ने चाहिँ हुदैन। विशेष गरेर पाँच वर्ष मुनिका बच्चा क्षयरोगीसँग प्रत्यक्ष सम्पर्कमा रहे भने उनीहरुलाई कडा खालको क्षयरोग हुने सम्भावना बढी हुन्छ। त्यस्तोमा अलि बढी सचेत हुनुपर्छ। कुनै समस्या भए तुरुन्त डाक्टरकोमा लैजानुपर्छ।

यो स्वासप्रस्वासबाटै सर्ने गर्छ। एउटा पुस्ताबाट अर्को पुस्तामा पनि सर्नसक्छ। आमालाई क्षयरोग छ भने बच्चालाई बोकेको बेला स्वासप्रस्वासबाट सर्ने हुन्छ। तर पाठेघर भित्रैबाट सर्ने चाहिँ हुदैन।

यसको उपचार विधि के छ ?
पहिलो कुरा त यसको पहिचान हुनुपर्छ। पहिचान गर्नका लागि लक्षण थाहा हुनुपर्छ। जस्तै कसैलाई ज्वरो आइराखेको छ, दुब्लाउँदै गएको छ भने के कारणले हो त्यो खोज्नुपर्छ। खान मन लाग्दैन, खलखली पसिना आउँछ, लामो समयदेखि खोकी लागिरहेको छ भने क्षयरोगका लक्षण हुनसक्छन्। क्षयरोगको प्रकार अनुसार यसको उपचार हुन्छ। यसमा चार थरीका औषधि एकैपटक सुरु गरिन्छ। त्यसमा रोग अनुसार थप अन्य औषधि पनि दिनुपर्ने हुनसक्छ। यसको औषधि लामो समय खानुपर्छ एक हप्ता, एक महिना औषधी खाएर यो रोग निको हुँदैन। सामान्य खालको हो भने ६ महिनासम्म औषधि खाएपछि मात्र रोग ठिक हुन्छ। अर्को अलि जटिल खालको भए एक वर्षदेखि १८ महिनासम्म औषधि खानुपर्ने हुन्छ।

औषधि सेवन कत्तिको प्रभावकारी भइरहेको छ ?
उपचारमा आएका बिरामीको अवस्था हेर्ने हो भने औषधिको प्रभावकारिता शतप्रतिशत छ। तर बिरामीले औषधि लिएर गयो खायो कि खाएन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। औषधिको साइड इफेक्ट के के भए ? भनेर थाहा पाउनका लागि बिरामी र डाक्टरबिच सहकार्य जरुरी छ। त्यो भइराखेको छैन। कतिपय ठाउँमा विशेषज्ञताको कमी छ। बिरामीहरु पनि त्यती सचेत छैनन्। समयमा अस्पताल नआउने बिचैमा औषधि खान छोड्ने समस्याले गर्दा जति हुनुपर्ने हो त्यो चाहिँ हुन सकेको छैन।

बिरामीको नजिक जाँदा अन्य व्यक्तिले अनिवार्य रुपमा मस्कको प्रयोग गर्नुपर्छ। यो रोगबाट आफू जोगिने र अरुलाई जोगाउने काम महत्त्वपूर्ण हुनसक्छ।

क्षयरोगको उपचारका लागि के सुझाव दिनुहुन्छ ?
क्षयरोग निको हुने रोग हो। यसमा केही सावधानी अपनाउनुपर्ने हुन्छ। यो जनस्वास्थ्यको समस्या हो। एक जनाले विशेष ख्याल नगरेमा यसको समस्या सबैसम्म पुग्नसक्छन्। क्षयरोग लागिसकेपछि अरुलाई नसरोस भनेर बिरामीसमेत सचेत हुनुपर्छ। बिरामीको नजिक जाँदा अन्य व्यक्तिले अनिवार्य रुपमा मस्कको प्रयोग गर्नुपर्छ। यो रोगबाट आफू जोगिने र अरुलाई जोगाउने काम महत्त्वपूर्ण हुनसक्छ।

सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीसँगको कुराकानी

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ०० बजे

विश्वासको मतमाथिको मत विभाजनको प्रक्रिया सुरु

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको

माधव नेपाललाई प्रधानमन्त्रीको जवाफ : परार बनेको पार्टीले संविधानको चिन्ता लिनु पर्दैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव

ओलीलाई पुनले अघिल्लो कार्यकालको विफलता सम्झाएपछि…

काठमाडौं– निवर्तमान अर्थमन्त्री एवम् प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव

राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि

राष्ट्रिय निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई  दुई करोड