निलम्बित सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज सुनुवाइ हुँदै « Khabarhub

निलम्बित सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज सुनुवाइ हुँदै


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले निलम्बित सांसद लक्ष्मी महतो कोइरीविरुद्धको ज्यान मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीमा आज तेस्रो दिन निरन्तर सुनुवाइ हुन लागेको हो । गत सोमबारदेखि न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

हिजो सरकारी वकिलको बहस सकिएकाले आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गर्नेछन् ।

२०७२ साल भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

सो घटनामा कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । त्यसमा जिल्ला अदालत महोत्तरीले ०७६ साल असोज २ गते महतोलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसपछि असई विकका आफन्त प्रेमबहादुर बिक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए । उच्च अदालत जनकपुरले ०७७ मंसिर १९ गते कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । त्यसपछि उनी फरार छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ५५ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं