च्याम्पियन्स लिग : आर्सनल र पीएसभीले खेले बराबरी « Khabarhub

च्याम्पियन्स लिग : आर्सनल र पीएसभीले खेले बराबरी


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनल र पीएसभीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अर्सनलका लागि एडी एनकेटिया र पीएसभीका योर्बे भर्टेसेनले एक–एक गोल गरेका थिए ।

खेलको ४२औँ मिनेटमा आर्सनलका एनकेटियाले सुरुवाती गोल गरेका थिए । तर त्यसको ८ मिनेटपछि पीएसभीका भर्टेसेनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दुवै पक्षबाट गोल नहुँदा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

जारी लिगमा समूह बी मा रहेको आर्सनल ६ खेलबाट १३ अंकसहित समूह तालिकाको शीर्षस्थानमा यथावत छ भने ९ अंक भएको पीएसभी दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ४२ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच