ट्रिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु « Khabarhub

ट्रिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– दाङमा ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा लमही– ४ निवासी ६४ वर्षीया दीपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मोटरसाइकल चालक दीपाका छोरा सफल बुढाथोकी घाइते भएका छन् ।

दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको नरा १ ख २८४० नम्बरको खाली ट्रिपर र सोही दिशातर्फ जाँदै गरेको नरा ७ प ३३३१ नम्बरको मोटरसाइकल घोराही ३ मसोट नजिकै आपसमा ठोक्किएका थिए ।

घाइते सफलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। टिपर चालक घोराही १४ का ३२ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको