नेपाली कांग्रेस शेखर–गगन समूहको बैठक बस्दै « Khabarhub

नेपाली कांग्रेस शेखर–गगन समूहको बैठक बस्दै


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापनइतर (शेखर–गगन) पक्षको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बत्तीसपुतलीमा बस्ने छ। 

नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएकोमा आफूसँग परामर्श नगरी बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको हो ।

बैठकमा शुक्रबार बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६ देखि १९ सम्मका लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेका छन् ।

यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे इतर समूहले आज आफ्नो रणनीति बनाउने बताइएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ०८ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५