काठमाडौँ महानगरमा आजदेखि धुमपान निषेध  « Khabarhub

काठमाडौँ महानगरमा आजदेखि धुमपान निषेध 


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका क्षेत्रमा आजदेखि धुमपान निषेध गरिएको छ ।

महानगरले आजदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रोक लगाएको हो ।

महानगरपालिकाको स्वास्थ्य विभागले मंसिर १२ गते एक सूचना जारी गर्दै प्लास्टिकमा प्याक गरिएका चुरोट, बिडी, तमाखु, खैनी, गुट्खा र पान परागजस्ता सुर्तीजन्य पदार्थहरूको बिक्री वितरण आफ्नो क्षेत्रभित्र गर्न नदिने जानकारी गराएको थियो ।

कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने महानगरको चेतावनी छ ।

त्यस्ता पदार्थ कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने चेतावनी समेत विभागले दिएको छ ।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था रहेको र ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोग लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था रहेको पनि विभागले जनाएको छ । 

सुर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेको अवस्था समेतलाई दृष्टिगत गरी यो निर्णय लिइएको महानगरको भनाइ छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ९ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया