मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री « Khabarhub

मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेपनि अहिले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दावी गरेका हुन्  । आर्थिक वर्ष २०८०-८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरू अहिले क्रमश कार्यान्वयनका क्रममा रहेको उनले बताएका छन्  । 

सरकारको चालु खर्चलाई गत वर्षको हाराहारीमा सीमित गरिएको भन्दै उनले यस अवधिमा पुँजीगत खर्च तर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिएका छन् । त्यस्तै यस अवधिमा भन्सार महसुल तर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करिब ७.१९ प्रतिशत, आयकर तर्फ करिब १२ प्रतिशत र  समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको समेत जानकारी दिए । मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको उनले बताएका छन्  ।

त्यस्तै उनले विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३०  प्रतिशतले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको जानकारी दिएका छन् । मन्त्री महतले स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिने गरी नयाँ मापदण्ड जारी गरिएको र चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमति दिन सकिने व्यवस्था गरिएको बताए । 

अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा शुरु गरिएको भन्दै उनले जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न शुरु गरिएको जिकिर गरे । त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश  खुकुलो बनाउँदै लगिएको उनले बताएका छन् । 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  २ : १९ बजे

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले