बारामा पाँच हजार आठ सय हेक्टरमा मकैखेती « Khabarhub

बारामा पाँच हजार आठ सय हेक्टरमा मकैखेती


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

कलैया– बारामा यसवर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

खाद्यान्न बालीमा मकैबाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे र वसन्ते गरी तीन प्रकारका बाली लगाउने गरिएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिएका छन् । तीन प्रकारका बाली लगाउन सकिने भएकाले किसानको यसतर्फ आकर्षण बढेको उनको भनाइ थियो ।

मकै बालीमा हिउँदे र वसन्ते सिञ्चित क्षेत्रमा र वर्षे कम सिञ्चित क्षेत्रमा खेती हुने केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले बताएका छन् । मकै व्यापारीले किसानको घर, खेतबाटै खरिद गर्ने गरेकाले बजारको समस्या नभएको किसान बताउँछन् ।

गत वर्ष विभिन्न जातका हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गर्दा ३७ हजार चार सय ४० मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका कृषिप्रसार अधिकृत रामजीवन ठाकुरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : ०१ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो