बारामा पाँच हजार आठ सय हेक्टरमा मकैखेती « Khabarhub

बारामा पाँच हजार आठ सय हेक्टरमा मकैखेती


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

कलैया– बारामा यसवर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

खाद्यान्न बालीमा मकैबाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे र वसन्ते गरी तीन प्रकारका बाली लगाउने गरिएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिएका छन् । तीन प्रकारका बाली लगाउन सकिने भएकाले किसानको यसतर्फ आकर्षण बढेको उनको भनाइ थियो ।

मकै बालीमा हिउँदे र वसन्ते सिञ्चित क्षेत्रमा र वर्षे कम सिञ्चित क्षेत्रमा खेती हुने केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले बताएका छन् । मकै व्यापारीले किसानको घर, खेतबाटै खरिद गर्ने गरेकाले बजारको समस्या नभएको किसान बताउँछन् ।

गत वर्ष विभिन्न जातका हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गर्दा ३७ हजार चार सय ४० मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका कृषिप्रसार अधिकृत रामजीवन ठाकुरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : ०१ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको