सुर्तिजन्य प्रतिबन्ध गर्न महानगरले ५० जना नगर प्रहरी खटाउने | Khabarhub Khabarhub

सुर्तिजन्य प्रतिबन्ध गर्न महानगरले ५० जना नगर प्रहरी खटाउने


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध कार्यान्वयन गर्न पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरका विभिन्न ४ क्षेत्रमा १० जनाको दरले प्रहरी परिचालन गर्ने र सादा पोसाकका प्रहरीले समेत अनुगमन गर्ने जानकारी दिएको छ । पछि आवश्यकता अनुसार थप नगर प्रहरी परिचालन गर्ने महानगरले जनाएको छ ।

कसैले यसविरुद्ध गइ सुर्ति बेचबिखन गरे नगर प्रहरीलाई यसबारे सूचना दिनसमेत आग्रह गरेको छ । महानगरको जनस्वास्थ्य ऐन २०८० को दफा ४२, सुर्तिजन्य पदार्थ (निरुपण तथा नियमन) ऐन २०६८ को दफा बमोजिम यस्तो प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

महानगरले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्नका लागि सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ ।

महानगरले मंसिर २८ गतेदेखि सुर्ति सेवनका निम्ति उत्पादित कच्चा सुर्ति, खैनी, गुट्खा, सुर्तिमाथि प्रतिबन्ध लगाउने जनाएको छ । साथै सोही दिनबाट सार्वजनिक स्थलको एक सय मिटर वरीपरी धुम्रपान गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।

महानगरले यस निर्णय कार्यान्वयनका लागि हरेक पसलमा अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बेचेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पसल नै बन्द गर्ने महानगरले जनाएको छ । सार्वजनिक स्थलमा धुम्रपान गरेमा त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तिराइने पनि महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : ४१ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड