शेखरले भने- ‘गगन र मबीच मतान्तर छैन, जथाभावी नबोल्नू’ « Khabarhub

शेखरले भने- ‘गगन र मबीच मतान्तर छैन, जथाभावी नबोल्नू’


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापासँगको सम्बन्धबारे जथाभावी नबोल्न निर्देशन दिएका छन् ।

बत्तिसपुतलीमा जारी इतर समूहको भेलामा उनले महामन्त्री थापा र आफूबीच कुनै मतान्तर नरहेको दाबी गर्दै सम्बन्धबारे जथाभावी नबोल्न आफूनिकट नेताहरूलाई निर्देशन दिएका हुन् ।

भेलामा सहभागी एक नेताले भने, ‘शेखर दाइले महामन्त्री र आफूबीच कुनै मतान्तर नरहेको भन्नुभयो । दुवै जनाबीचको कुरालाई लिएर बाहिर जथाभावी नबोल्न पनि भन्नुभयो ।’

ती नेताका अनुसार भेलाको सुरुतिर आफू र महामन्त्री थापाको सम्बन्धबारे जथाभाबी नबोल्नु भनेका कोइरालाले अन्य नेताहरूको धारणा सुनिसकेपछि थप विषयमा बोल्ने छन् ।

कोसी प्रदेशमा नेकपा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेपछि नेता कोइराला र र महामन्त्री थापाबीच भेटवार्ता र छलफल भएको थिएन ।

कोइरालाले मंगलबारका लागि बोलाएको भेलामा लागि खबर नगरिएको भन्दै महामन्त्री थापा उपस्थित नहुने उनीनिकट नेताहरूले बताएका थिए । महामन्त्री थापा उपस्थित नहुने खबर पाएपछि नेता कोइरालाले मंगलबारको भेला बुधबारका लागि सारेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : ४१ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं