टाटा मोटर्सले ल्यायो 'स्वावलम्बी अभियान २.०' | Khabarhub Khabarhub

टाटा मोटर्सले ल्यायो ‘स्वावलम्बी अभियान २.०’


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले कामका लागि विदेश जान लागेका युवालाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ ल्याएको छ।

यस अभियान अन्तर्गत ग्राहकहरूले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखको डाउनपेमेन्टमा खरिद गर्न सकिने र देशमै रही आफ्नो साथी-भाई र परिवारको साथ रोजगारी/व्यवसायको अवसर सिर्जना गरी स्वाभिनी भई जीवन निर्वाह गर्न सक्ने छन् ।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले देशमै रही केही गर्न चाहने युवाहरूका लागि यो अभियान राम्रो अवसर हुन सक्ने विश्वास लिएका छन् ।

यो योजना सार्वजनिक भएको केही दिन मात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहक को संख्या उल्लेख्य हुनुले यसको पुष्टि गरेको उनी बताउँछन् ।

यस अघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौँ नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान सञ्चालन गरेको थियो । बजारको माग र देशबाट युवा तीव्र रूपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भेहिकल बिजनेस युनिटका सहायक जी. एम. दिवस बाबु सुवेदी बताउँछन् ।

कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ भनि सिप्रदी ट्रेडिङ्गको नजिकको शोरुममा सम्पर्क गर्ने वा ९८०११०७६०० मा मिसकल गर्न सकिने छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : ३८ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका