मकवानपुरमा ट्रकको ठक्करबाट बालकको मृत्यु « Khabarhub

मकवानपुरमा ट्रकको ठक्करबाट बालकको मृत्यु


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा ट्रकको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। 

बुधबार बिहान अन्दाजी १० बजे मनहरी गाउँपालिका-७ रमनाटारस्थित पूर्वपश्चिम सडकखण्डमा दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो। 

चितवनबाट हेटौंडा जाँदै गरेको ना ५ ख ३७८३ नम्बरको ट्रकले पैदल हिँडिरहेका अन्दाजी ६ वर्षीय उमेश प्रजालाई ठक्कर दिएको थियो। 

राष्ट्रिय आधारभूत विद्यालय रमनटारमा कक्षा १ मा पढ्ने प्रजा ट्रकको ठक्करपछि गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा मध्याह्न पौने १२ बजे मृत घोषणा गरिएको थियो। 

प्रहरीले उक्त ट्रक चालकलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।  

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ५६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने