काठमाडौंबाट चोरीमा संलग्न तीन भारतीयसहित ६ जना पक्राउ « Khabarhub

काठमाडौंबाट चोरीमा संलग्न तीन भारतीयसहित ६ जना पक्राउ


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौंका विभिन्न स्थानमा चोरीमा संलग्न गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन भारतीय र तीनजना नेपाली नागरिक छन्।

भारतको बैसाली जिल्ला उखिमारपुरका १८ वर्षीय घुच्ची भनिने संजिव बानियाँ (पोदार), भारतकै मोतिहारी राजापुरका १९ वर्षीय किसन गिरी, बिहार राज्यको समस्तिपुर जिल्ला मुरातपुर ग्रामका २१ वर्षीय कृष्ण पोदारलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू हाल काठमाडौंको तिलगंगामा बस्ने गरेका छन्।

यस्तै, नागार्जुनका ३० वर्षीय (सुन पसले) विक्रम गर्तौला, झापाको बाहुनडाँगी नगरपालिका–१८ घर भइ काठमाडौंको पुरानो बानेश्वर बस्ने २९ वर्षीय रमेश विश्वकर्मा (सुन पसले) र मोरङको सुन्दरहरैँचा–९ घर भइ हाल काठमाडौंको भीमसेनगोला बस्ने ३३ वर्षीय डिल्लीराम विश्वकर्मा (सुन पसले) पक्राउ परेका छन्।

भारतीयको समूहले गत असार १५ गते काठमाडौंको शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना गरी अन्दाजी १ तोला र नगद एक लाख ७० हजार रुपैयाँ चोरी गरेको थियो।

यस्तै, कात्तिक ५ गते विजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेरा कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी १३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो।

ती दुवै घटनाको अनुसन्धानको क्रममा चोरी कार्यमा संलग्न तीन जना भारतीय नागरिक मंगलबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत गौशला पठाइएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : २० बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने