काठमाडौंबाट चोरीमा संलग्न तीन भारतीयसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

काठमाडौंबाट चोरीमा संलग्न तीन भारतीयसहित ६ जना पक्राउ


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौंका विभिन्न स्थानमा चोरीमा संलग्न गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन भारतीय र तीनजना नेपाली नागरिक छन्।

भारतको बैसाली जिल्ला उखिमारपुरका १८ वर्षीय घुच्ची भनिने संजिव बानियाँ (पोदार), भारतकै मोतिहारी राजापुरका १९ वर्षीय किसन गिरी, बिहार राज्यको समस्तिपुर जिल्ला मुरातपुर ग्रामका २१ वर्षीय कृष्ण पोदारलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू हाल काठमाडौंको तिलगंगामा बस्ने गरेका छन्।

यस्तै, नागार्जुनका ३० वर्षीय (सुन पसले) विक्रम गर्तौला, झापाको बाहुनडाँगी नगरपालिका–१८ घर भइ काठमाडौंको पुरानो बानेश्वर बस्ने २९ वर्षीय रमेश विश्वकर्मा (सुन पसले) र मोरङको सुन्दरहरैँचा–९ घर भइ हाल काठमाडौंको भीमसेनगोला बस्ने ३३ वर्षीय डिल्लीराम विश्वकर्मा (सुन पसले) पक्राउ परेका छन्।

भारतीयको समूहले गत असार १५ गते काठमाडौंको शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना गरी अन्दाजी १ तोला र नगद एक लाख ७० हजार रुपैयाँ चोरी गरेको थियो।

यस्तै, कात्तिक ५ गते विजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेरा कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी १३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो।

ती दुवै घटनाको अनुसन्धानको क्रममा चोरी कार्यमा संलग्न तीन जना भारतीय नागरिक मंगलबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत गौशला पठाइएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : २० बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग