राष्ट्रियसभा चुनावमा न्यायपूर्ण टिकट वितरण हुनुपर्ने कांग्रेस कोइराला समूहको माग « Khabarhub

राष्ट्रियसभा चुनावमा न्यायपूर्ण टिकट वितरण हुनुपर्ने कांग्रेस कोइराला समूहको माग


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ ।

बुधबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै गरेको र आफू अनुकूललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो ।

यसअघिको निर्वाचनमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निर्णय समेत सो समूहको भेलाले गरेको छ । भेलामा राष्ट्रियसभा निर्वाचन लगाएत पार्टीको आन्तरिक विषयमा छलफल भएको कांग्रेस नेता शेखर कोइरालाले बताए ।

उनले देश र कांग्रेस ठीक ढङ्गले चल्न नसकेकोमा आफूहरुको ध्यान केन्द्रित रहेको जिकिर गरे । कोइरालाले आफ्नो समूह ठीक ढङ्गले चलेको र महामन्त्री र आफ्नो एजेण्डामा एक इन्च पनि फरक नरहेको दाबी गरे ।

त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई विशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताए । बैठकमा महासमिति बैठकलाई तोकिएको समयमा नै प्रभावकारी रुपमा गर्नुपर्ने विषयमा पनि छलफल भएको उनले बताए । महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला एकमाथि अर्को प्रकरण आउनुलाई सामान्य रुपमा लिन नहुने भन्दै पार्टीभित्र वृहत छलफल गर्नुपर्ने धारणा राखे ।

थापाले कोइराला र आफूबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ३२ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता