राष्ट्रियसभा चुनावमा न्यायपूर्ण टिकट वितरण हुनुपर्ने कांग्रेस कोइराला समूहको माग « Khabarhub

राष्ट्रियसभा चुनावमा न्यायपूर्ण टिकट वितरण हुनुपर्ने कांग्रेस कोइराला समूहको माग


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ ।

बुधबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै गरेको र आफू अनुकूललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो ।

यसअघिको निर्वाचनमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निर्णय समेत सो समूहको भेलाले गरेको छ । भेलामा राष्ट्रियसभा निर्वाचन लगाएत पार्टीको आन्तरिक विषयमा छलफल भएको कांग्रेस नेता शेखर कोइरालाले बताए ।

उनले देश र कांग्रेस ठीक ढङ्गले चल्न नसकेकोमा आफूहरुको ध्यान केन्द्रित रहेको जिकिर गरे । कोइरालाले आफ्नो समूह ठीक ढङ्गले चलेको र महामन्त्री र आफ्नो एजेण्डामा एक इन्च पनि फरक नरहेको दाबी गरे ।

त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई विशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताए । बैठकमा महासमिति बैठकलाई तोकिएको समयमा नै प्रभावकारी रुपमा गर्नुपर्ने विषयमा पनि छलफल भएको उनले बताए । महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला एकमाथि अर्को प्रकरण आउनुलाई सामान्य रुपमा लिन नहुने भन्दै पार्टीभित्र वृहत छलफल गर्नुपर्ने धारणा राखे ।

थापाले कोइराला र आफूबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ३२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।