श्रीलङ्काद्वारा नयाँ क्रिकेट छनोटकर्ता नियुक्त « Khabarhub

श्रीलङ्काद्वारा नयाँ क्रिकेट छनोटकर्ता नियुक्त


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्का क्रिकेट बोर्डले हालै बर्खास्त गरिएका सदस्यहरूको पुनरबहाली गरेको एक दिनपछि बुधबार नयाँ छनोटकर्ताहरूलाई नियुक्त गरेको छ । बोर्डले पूर्वअन्तर्राष्ट्रिय खेलाडी उपुल थरङ्गालाई दुई वर्षका लागि पाँच सदस्यीय छनोट समितिको प्रमुखमा नियुक्त गरेको छ । श्रीलङ्का क्रिकेट बोर्डले एक विज्ञप्तिमा भनेको छ, “छनोटकर्ताहरूको पहिलो काम आगामी महिना जिम्बाब्वेविरुद्ध छ खेलको सेतो बलको शृङ्खलाका लागि टिम छनोट गर्नुहुनेछ ।”

छनोट समितिका अन्य सदस्यमा पूर्वक्रिकेटर अजन्था मेन्डिस, इन्डिका डि सरम, थरङ्गा परनाविताना र दिलरुवान परेरा रहेका छन् । उनीहरूले पूर्वखेलाडी प्रमोदय विक्रमासिङ्घेको अध्यक्षतामा रहेको प्यानलबाट जिम्मेवारी सम्हाल्ने छन् ।

यस वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा श्रीलङ्काको खराब प्रदर्शनका लागि विक्रमासिङ्घेको प्यानलको खराब छनोटलाई दोष दिइएको थियो । दिवालिया भएको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट लामो समयदेखि भ्रष्टाचारको आरोपमा फसेको छ । यसको परिणाम गत महिना बोर्ड बर्खास्त भएको थियो ।

बोर्ड बर्खास्त गर्ने कदमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई अधिकारीहरूमाथि राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै श्रीलङ्का क्रिकेटलाई निलम्बन गर्नका लागि प्रेरित गर्यो । पछि खेलमन्त्री हरिन फर्नान्डोले निलम्बन समाप्त गर्नका लागि बर्खास्तलाई रद्द गरे । आईसीसीले अलिहेसम्म बोर्डको पुनरबहालीका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ०२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस