युएई यू-१९ एसिया कपको सेमिफाइनलमा « Khabarhub

युएई यू-१९ एसिया कपको सेमिफाइनलमा


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युएईले एसिसी यू–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । जापानलाई १ सय ७ रनले हराउँदै यूएई यू-१९ एसिया कपको सेमिफाइनलमा पहिलो पटक पुगेको हो ।

युएई सेमिफाइलमा पुग्दा टेस्ट टोली श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेर श्रीलंका प्रतियोगिताबाट बाहिरियो ।

समूह बी बाट यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । युएईले समूह ए को विजेता पाकिस्तानसँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।

समूह बी मा ३ खेलमा अपराजित रहँदै बंगलादेश शीर्षस्थानमा रह्यो । बंगलादेशले शुक्रबार नै समूह ए को उपविजेता भारतसँग खेल्नेछ ।

नेपाल भने समूह ए मा तीन खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको