जङ्गली बाँकोको गुन्द्रक सहरका भान्छामा पुर्‍याउँदै किसान | Khabarhub Khabarhub

जङ्गली बाँकोको गुन्द्रक सहरका भान्छामा पुर्‍याउँदै किसान


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

बलेवा – यहाँका किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पुर्‍याएका छन्। बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण थालेका हुन्।

उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जङ्गली वनस्पती बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छ। सहरीया भान्छामा बाँकोको गुन्द्रुक पाक्दै छ। छन्त्याल कृषक समूहमा आबद्ध दमेकका एक सय १४३ किसानको सामूहिक प्रयासमा बजारीकरण थालिएको हो। अन्य सागबाट भन्दा यसको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोसिलो मानिन्छ।

आफन्तलाई कोसेलीको रुपमा मात्रै गाउँ बाहिर जाँदै आएको यो अब भने किसानको आम्दानीको स्रोत बन्ने छ। “हामीले पुर्खाका पालादेखिनै खाँदै आएको हो, आफन्तलाई कोसेली मात्रै पठाइन्थ्यो, अब बिक्री गरेर आम्दानी गर्न लागेका छौँ”, छन्त्याल कृषक समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले भने, “एकाध घरबाट पाथीमा बिक्री हुँदै आएको बाँकोलाई प्याकिङ गरेर किलोग्राममा बिक्री गर्न थालिएको छ।”

दमेकका झण्डै पाँच सय घरमा यो भित्रिन्छ तर, कसैले पनि यसलाई व्यावसायिक बनाएका थिएनन्। “हरेक घरमा आठ÷दश किलो हरेक वर्ष भित्रिन्छ, घरमै खाएर मात्रै सकिँदैन, बजारमा माग छ तर पु¥याउन सकिएको थिएन”, छन्त्याल भन्छन्, “हामीले समूहमार्फत प्याकिङ र ब्राण्डिङ गर्ने काम थालेका छौँ।”

चालु आर्थिक वर्षमा आठ सय किलो बाँको बजार पठाउने तयारी गरेको समूहले सय ग्रामका प्याकेट तयार गरेको छ। एक प्याकेटको मूल्य रु तीन सय ५० कायम गरिएको छ। “एक पाथीलाई रु आठ सयमा बिक्री हुँदै आएको थियो”, उनले भने, “किसानका दुःख हेर्ने हो भने मूल्य अझै कम हो।”

जेठ-असारमा दमेकका जङ्गलभरि पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्छ। असोजसम्म टिप्न नभ्याइएमा हराएर जान्छ। सावधानीपूर्वक नटिप्ने हो भने यसको काँचो पातले शरीर चिलाउने समस्या हुन्छ। यहाँका किसानले परम्परागत रुपमा यसको पात र काण्ड टिपेर परम्परागत शैलीबाट थिचेपछि एक महिनासम्म प्लाष्टिकको ड्रममा राखेपछि मात्रै गुन्द्रुक तयार हुने उनले बताए।

यसको ब्राण्डिङका लागि जैमिनी नगरपालिकाले सहयोग गरेको छ। कुट्ने र प्याकिङ गर्ने मेसिन नगरपालिकाले सहयोग गरेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए। दमेकमा उत्पादन भएको बाँको बजारको मागअनुसार पुर्‍याउन नसकेको शर्माले बताए। यसको पात र गाना ज्यादै कोक्याउने खालका हुन्छन्। यसको गाना खाने चलन त छ तर विशेषरूपले प्रशोधन गरेर मात्र खान चिकित्सक सुझाउँछन्।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १० : ५९ बजे

वित्तीय विवरण सार्वजनिक गरेका ३३ मध्ये एकतिहाइ लघुवित्त घाटामा

काठमाडौं – सूचीकृत ५० मध्ये ३३ लघुवित्त वित्तीय संस्थाले चालु

प्रसाईं पक्राउ प्रकरण : भिडियो बनाउने दर्जन युट्युबर पनि अनुसन्धानमा तानिँदै

काठमाडौं- विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ प्रकरणमा करिब एक

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेतालाई प्रधानमन्त्रीको सम्मान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड

चिनियाँ र पाकिस्तानी सेनाले आतंकवादविरोधी संयुक्त अभ्यास गर्ने

एजेन्सी –चिनियाँ जनमुक्ति सेनाको पश्चिमी कमान्डले नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म