मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक | Khabarhub Khabarhub

मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाले जैविक विविधता र समष्टिगत प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ । लमजुङ सदरमुकाम बेसीसहरमा कार्यशाला गोष्ठीको आयोजना गरी सरोकारवालालाई मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको हो ।

मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङदेखि लमजुङ, तनहुँ, गोरखा हुँदै चितवन जिल्लामा २२० केभी राष्ट्रिय विद्युत प्रसारणलाइन निर्माणको क्रममा छ । कुल एक सय १२ किलोमिटर लामो सो आयोजनामा मर्स्याङ्दी नदी र आसपासमा निर्माण भएका र निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत जडान गरिने आयोजनाले जनाएको छ ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण, वातावरण तथा सामाजिक अध्ययन विभागका प्रकाश गौडेलले आयोजनाको समष्टिगत प्रभाव मूल्यांकनका मस्यौदा प्रतिवेदनको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा विभागमै कार्यरत विनोद प्याकुरेलले जैविक विविधताको बारेमा मस्यौदा प्रतिवेदनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

सार्वजनिक मस्यौदा प्रतिवेदनमा आयोजनाले पार्ने प्रभावसँगै प्रभावितको समस्या तथा मागका बारेमा पनि सम्बोधन हुनुपर्ने, आयोजना निर्माणका क्रममा जैविक तथा समष्टिगत रूपमा कम क्षति हुनेगरि काम गर्नुपर्ने, सम्भावित क्षतिलाई न्यूनीकरण गर्न अधिकतम प्रयास गर्नुपर्ने सुझाव उल्लेख गरिएको छ ।

सो आयोजनाले सन् २०१८ मै मनाङ उदिपुर खण्डअन्तर्गतको वातावरणीय प्रभाव मूल्यांकन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति गराइसकेको थियो । सोही वातावरणीय अध्ययनको प्रारम्भिक प्रतिवेदनमा आधारित भएर जैविक विविधता एवं समष्टिगत प्रभाव मूल्यांकन गरिएको आयोजनाले जनाएको छ ।

मर्स्याङ्दी कोरिडोरमा आधारित भएर गरिएको अध्ययनले सो करिडोरअन्तर्गत जैविक विविधता र समष्टिगत प्रभाव र चुनौतीका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  २ : १९ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको