कर्णाली प्रदेश : सभामुखमा दुई जनाको उम्मेदवारी | Khabarhub Khabarhub

कर्णाली प्रदेश : सभामुखमा दुई जनाको उम्मेदवारी


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ दलका साझा उम्मेदवार नेकपा (एमाले)का प्रदेशसभा सदस्य नन्दा गुरुङको उम्मेदवारी परेको छ ।

त्यसैगरी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उम्मेदवारी दर्ता भएको हो ।

त्यस्तै कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सभामुखको निर्वाचन माघ १ गते बिहान ११ः०० बजे तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

उक्त निर्वाचनमा भाग लिनका लागि एमालेका उम्मेदवार गुरुङको पक्षमा २५ जना प्रदेशसभा सदस्य छन् । माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादीको एक–एक मत रहेको छ । कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ भने एक स्वतन्त्र प्रदेशसभा सदस्यको मत छ । पोखरेल सुर्खेत क्षेत्र नं १ ९१०बाट प्रत्यक्ष र गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ३७ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना