मधेस प्रदेशसभाको सभामुखमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने | Khabarhub Khabarhub

मधेस प्रदेशसभाको सभामुखमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मधेस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जङ्गीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) को प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमतसहित सत्तारूढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन् ।

मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका भरतप्रसाद साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका राम अशिष यादव, जनमतका महेश यादव रहेका छन् । रायको प्रस्तावक कांग्रेसकै कुमरकान्त झा र समर्थक जिवछी यादव रहेका छन् । सभामुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार मण्डलले आफूसँग पाँच दल एमाले, जसपा, लोसपा, जनमत र माओवादी गरी कुल ७० सांसदको समर्थन रहेको बताए ।

सभामुखमा उम्मेदवारी दिएको कांग्रेसले भने राजनीतिमा सधैँ जितका लागि मात्र उम्मेदवारी नहुने भन्दै हारमा पनि राजनीति र शक्ति हुने बताए । यद्यपि माघ २ गते सभामुख चुनिने कार्यतालिका रहेकाले दुई दिनमा जे पनि हुनसक्ने उनको तर्क छ ।

माघ २ गते सभामुख चयनको कार्यतालिकाका साथसाथै मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यतालिकासमेत रहेको प्रदेशसभा सचिवालयले सञ्जीव रञ्जित यादवले बताए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ४५ बजे

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको

डाक्टरको मनपरी विज्ञापन, नियामक निकाय गर्दैन अनुगमन

काठमाडौं– सरकारी तथा गैरसरकारी चिकित्सकले आफ्नो विज्ञापन गर्न पाउँदैनन् ।

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब

गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका

आम्दानीको स्रोत ‘अकबरे’ खुर्सानी

भोजपुर- अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ ।