विश्व क्रिकेट लिग टुमा नेपालले आज नामिबियासँग खेल्दै « Khabarhub

विश्व क्रिकेट लिग टुमा नेपालले आज नामिबियासँग खेल्दै


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित ‘आईसीसी विश्व क्रिकेट लिग टु’ त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौंमा सुरू हुँदैछ। पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरू हुनेछ । नेपालले लिग टुका कुल ३६ मध्ये २४ खेल खेलिसकेको छ। जसमा १४ जित, १८ मा हार र एकमा बराबरीको नतिजाका साथ १८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ। यता ३० खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो स्थानमा छ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फागुन ९ गतेसम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ मा खेल्नछ।

यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ। नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल, स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ७ : ५६ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले