गोंगबुमा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न निर्देशन « Khabarhub

गोंगबुमा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न निर्देशन


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । 

गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्न निर्देशन दिएका हुन् । यातायात व्यावसायी र मजदुरहरूले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरूले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।

त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरू समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १ : २७ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले