बीबीसीको दिल्ली कार्यालयमा सरकारी अधिकारीकाे छापा « Khabarhub

बीबीसीको दिल्ली कार्यालयमा सरकारी अधिकारीकाे छापा


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का कार्यालयमा मंगलबार भारतीय सरकारी अधिकारीहरूले छापा मारेका छन्। भारतको आयकर विभागका कर्मचारीहरूले एकैसाथ बीबीसीका दुई कार्यालयमा छापा मारेको  भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खानतलासीको क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको बताइएको छ। छापा मारेको जानकारी लण्डनस्थित बीबीसीको कार्यालयमा दिइएको छ। स्रोतका अनुसार यो अन्तर्राष्ट्रिय करसँग सम्बन्धित विषय हो। कर अनियमिततालाई लिएर बीबीसीको कार्यालयमा विभागले खानतलासी गरेको हो। यद्यपि यस सम्बन्धमा आयकर विभागले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

केही दिनअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे आफूले बनाएको वृत्तचित्र सार्वजनिक गरेको थियो। उक्त वृत्तचित्रमा मोदी गुजरातका मुख्यमन्त्री हुँदा भएको हिन्दू-मुस्लिम दंगामा उनको भूमिकाबारे पनि देखाइएको छ।

बीबीसीको उक्त सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरिदिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : १० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले