'सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक' | Khabarhub Khabarhub

‘सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक’


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खजुरा– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकी छिन् । नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट पारिन् । 

उनले देशलाई सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउन प्रविधिलाई जनमुखी बनाउने भन्दै उनले भनिन्, ‘विज्ञान र प्रविधिको विकास गर्नका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुपर्छ र सबैलाई अवसर प्रदान गर्नुपर्छ ।’ कार्यक्रममा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले विज्ञान र प्रविधिले देशको विकासमा टेवा पुग्ने भन्दै कृषि र रोजगारलाई पनि प्रविधिसँग जोड्नुपर्ने बताइन् । 

हिमालयन साइन्स फाउन्डेसनद्वारा नेपालगञ्ज रङ्गशालामा सुरु भएको दुईदिने प्रदर्शनीमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीद्वारा तयार पारिएका विज्ञान र प्रविधिसम्बन्धी ३० भन्दा बढी स्टल राखिएको फाउन्डेसनका अध्यक्ष आतंक बस्नेतले बताए । उनका अनुसार कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनका लागि राखिएका छन् । 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : २६ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक नै अवरुद्ध (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस