लागू औषधसहित ६ जना पक्राउ  « Khabarhub

लागू औषधसहित ६ जना पक्राउ 


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा नियन्त्रित लागू औषधसहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियन्त्रित लागू औषध २० हजार ३ सय एम्पुल र १२ हजार ९ सय ५० नाइट्राभेट ट्याव्लेट सहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

काठमाडौं महानगर १६ स्थित दलाछी टोलमा रहेको सोलुखुम्बु घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त नियन्त्रित लागू औषध र ४ लाख १७ हजार नगद बरामद गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए । 

शेर्पालाई पक्राउ गरि थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखतीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । त्यस्तै ब्युरोले त्रिभुवन विमानस्थलबाट थाईलाईन एयरलाइन्सको उडानद्वारा थाइल्याण्ड जान लागेका चार जना थाई नागरिकहरूलाई चेकजाँच गर्ने क्रममा २३ किलो ८ ग्राम लागू औषध चरेश सहित पक्राउ गरिएको ब्युरोका प्रमुख खनालले बताए ।

त्यस्तै ब्युरोले काठमाडौंको सिनामंगलबाट ३९ ग्राम खैरो हिरोइन सहित रोशन रिसाल र अमित श्रेष्ठलाई पक्राउ गरेको छ भने १२ ग्राम खैरो हिरोइन सहित कोटेश्वरबाट १ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : ४२ बजे

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको