लागू औषधसहित ६ जना पक्राउ  « Khabarhub

लागू औषधसहित ६ जना पक्राउ 


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा नियन्त्रित लागू औषधसहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियन्त्रित लागू औषध २० हजार ३ सय एम्पुल र १२ हजार ९ सय ५० नाइट्राभेट ट्याव्लेट सहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

काठमाडौं महानगर १६ स्थित दलाछी टोलमा रहेको सोलुखुम्बु घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त नियन्त्रित लागू औषध र ४ लाख १७ हजार नगद बरामद गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए । 

शेर्पालाई पक्राउ गरि थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखतीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । त्यस्तै ब्युरोले त्रिभुवन विमानस्थलबाट थाईलाईन एयरलाइन्सको उडानद्वारा थाइल्याण्ड जान लागेका चार जना थाई नागरिकहरूलाई चेकजाँच गर्ने क्रममा २३ किलो ८ ग्राम लागू औषध चरेश सहित पक्राउ गरिएको ब्युरोका प्रमुख खनालले बताए ।

त्यस्तै ब्युरोले काठमाडौंको सिनामंगलबाट ३९ ग्राम खैरो हिरोइन सहित रोशन रिसाल र अमित श्रेष्ठलाई पक्राउ गरेको छ भने १२ ग्राम खैरो हिरोइन सहित कोटेश्वरबाट १ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : ४२ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा