वीरगञ्जमा अटो दुर्घटना हुँदा एक शिशुको मृत्यु « Khabarhub

वीरगञ्जमा अटो दुर्घटना हुँदा एक शिशुको मृत्यु


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा भएको अटो दुर्घटनामा एक शिशुको ज्यान गएको छ । अटो रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर वीरगञ्ज महानगरपालिका वडा नम्बर १० पानीट्यांकी बस्ने राजिव कुमार मालीका १८ महिने छोरा रिशव मालीको मृत्यु भएको प्रहरीले जनाएको छ । राजिव पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १० टाउनहल नजिकै सडकखण्डमा ना १ ह ३७४० नम्बरको अटो रिक्सा घुम्तिमा अनियन्त्रित भई पल्टिएको थियो ।

प्रहरीले वीरगञ्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ७ : ४७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना