गरिबी हटाउनु कर्णालीको मुख्य चुनौती : मुख्यमन्त्री शर्मा « Khabarhub

गरिबी हटाउनु कर्णालीको मुख्य चुनौती : मुख्यमन्त्री शर्मा


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको बाटोमा रहेको बताएका छन् । कर्णालीलाई समृद्ध बनाउन निकै चुनौती भए पनि त्यो पूरा गरेरै छाड्ने उनले बताए ।

नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमले सदरमुकाम मुसीकोट खलङ्गामा आज आयोजना गरेको कार्यक्रममा उनले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको र गरिबी निवारण सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

आफूले पदभार ग्रहण गर्दा एक वर्षमा १० हजार बेरोजगारलाई रोजगारी दिने निर्णयमा हस्तारक्षर गरेको मुख्यमन्त्री शर्माले बताए । रोजगारीसँग जोडेर पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने उनले स्पस्ट पारे।

“हामीले गरिबी अन्त्य गर्ने भनेका छौँ, यसका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने, “शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भनेका छौँ ।” विकटलाई निकट बनाउन प्रदेश सरकारले सडक पूर्वाधारलाई प्राथमिकता दिएको पनि मुख्यमन्त्री शर्माले बताए । बर्दियाको भुरिगाउँदेखि चीनको सिमाना ताक्लाकोटसम्म जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको उनले जानकारी गराए ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : ०२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना